कार र बस जुध्दा चार जनाको मृत्यु
वीरगंजबाट नारायणघाटतर्फ आउँदै गरेको यात्रुवहाक बस विपरित दिशाबाट गइरहेको कारसँग बाराको आधाभारमा ठोक्किंदा कारमा सवार चार जनाको मृत्यु भएको छ।
आज २५ मंसीर बिहान बाराको आधाभार जंगलमा बीरगंजबाट यात्रु लिएर आउँदै गरेको ना ६ ख ६७५४ नम्बरको यात्रु वहाक बस र हेटौंडाबाट पथलैया जाँदै गरेको बा१२ च ८२९०नम्बरको कार यक आपसमा जुध्दा कारमा सवारी चारै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बस वीरगंजबाट जन्ती लिएर नारायणघाट जाँदै गरेको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा कार चालक खोटाङ मंगलटारका २३ वर्यीय दीपक थापा मगर, कारमा सवार २५ वर्षीया कुमारी थापा, २८ वर्षीय महेन्द्र आले र कुमारी थापाका ११ वर्षीय छोरा दिलिप मगरको मृत्यु भएको हो ।
कारमा सवार अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा सुनसरीका कमल आले, उनकी श्रीमती यशोदा आले र छोरी आहाना आले छन्। उनीहरूको चुरिया हिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ।
श्याम गुप्ता, बारा