नेविसंघ विवाद टुंगियो, निर्वाचन प्रक्रिया र बन्द सत्र शुरु हुने
नेपाल विद्यार्थी संघको प्रतिनिधि विवाद टुंगिएपछि महाधिवेशनको बन्द सत्र आजबाट शुरु हुने भएको छ ।
११ जिल्लाको प्रतिनिधि विवाद टुंगिएसँगै आज १२ बजेबाट महाधिवेशनको बन्द सत्र शुरु हुने नेविसंघ नेता ऋषिकेशजंग शाहले जानकारी दिएका छन् ।
महाधिवेशन गराउन गठित समितिले लामो कसरतपछि गएराति विवाद टुंग्याएको हो । प्रतिनिधि विवादकै कारण २४ गते हुने भनिएको बन्द सत्र सर्दै आएको थियो ।
विवाद टुंगिएसँगै विधिवत महाधिवेशन हुनुपर्ने माग राखेर अनशन बसिरहेका विद्यार्थीहरुलाई पनि अनशन तोड्न नेतृत्वले आग्रह गर्ने भएको छ ।