बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३२ जना बेपत्ता
अविरल बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ७८ पुगेको गृह मन्त्रालयले जनाएको छ ।
यसैगरी वर्षा र बाढीपहिरोमा परी ३२ जना हराइरहेको र ४० जना घाइते भएको पनि मन्त्रालयले जानकारी गराएको छ ।
हालसम्म ३ हजार ३३६ जनाभन्दा बढीलाई उद्धार गरिएको पनि मन्त्रालयले ट्वीट मार्फत जानकारी गराएको हाे ।
मन्त्रालयले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा बहाव सामान्य रहने बताएको छ ।
आज पूर्वको कनकाई, बिरिङ, निन्दा, पश्चिम राप्ती, बबई, डुडुवा, मोहना, मछेलीका शाखा नदीहरू लगायत दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोत्तरी, झापा र मोरङ जिल्ला भई बहने केही स–साना खोलामा उच्च बहावको सम्भावना रहेकाले सतर्क रहन पनि मन्त्रालयले सतर्क गराएको छ ।