मुम्बईमा चारतले भवन ढल्यो, दुईजनाको मृत्युु, ४० जनाभन्दा बढी पुरिएको आशंका
भारतको मुम्बईमा चारतले भवन ढल्दा दुईजनाकाे मृत्यु भएकाे र ४० जनाभन्दा बढी पुरिएको आशंका गरिएको छ ।
मंगलबार बिहान स्थानीय समयअनुसार ११.४० बजे सो भवन ढलेको थियो । आठजनाको जीवितै उद्धार गरिएको छ भने दुईजनाको मृत्यु भएको जनाइएको छ ।
घटनापछि स्थानीय र एनडीआरएफको टीम उद्धारकार्यमा जुटेको छ । बिल्डिङमा १५ परिवार रहने गरेको बताइएको छ ।
साँघुरो क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको छ । भवन करीब ८० वर्ष पुरानो भएको बताइएको छ । –एजेन्सी