बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो, ३० जना बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको नेपाल प्रहरीले ट्वीट मार्फत जानकारी गराएको छ । मृत्यु भएका ६७ जनामध्ये २६ जना महिला र ४१ जना पुरुष रहेको पनि जनाइएको छ ।
वर्षा र बाढीपहिरोमा परी घाइते हुनेको संख्या ४३ जना रहेको पनि प्रहरीले जानकारी गराएको छ । घाइतेमध्ये २० जना महिला र २३ जना पुरुष रहेको पनि जनाइएको छ ।
बाढीपहिरोमा परी हराइरहेकाहरूको संख्या ३० पुगेको छ । जसमध्ये महिला १२ जना र पुरुष १८ जना रहेको पनि प्रहरीले जानकारी गराएको छ ।
हालसम्म १ हजार ४४६ को सकुशल उद्धार गरिएको पनि प्रहरीले ट्वीट मार्फत जानकारी दिएको छ ।