बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो, २६ जना बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ भने २६ जना अझै हराइरहेका छन् ।
मृत्यु भएका ६० जनामध्ये महिला २४ जना र ३६ जना पुरुष रहेको नेपाल प्रहरीले ट्वीट मार्फत जानकारी दिएको छ । यसैगरी बाढीपहिरोमा ३८ जना घाइते भएको र त्यसमध्ये १७ जना महिला र २१ जना पुरुष भएको पनि प्रहरीले जानकारी दिएको छ ।
बाढीपहिरोमा परी बेपत्ता भएका २६ जनामध्ये महिला १२ र पुरुष १४ जना भएको पनि नेपाल प्रहरीले ट्वीटमार्फत जानकारी दिएको हो । नेपाल प्रहरीले अहिलेसम्म १ हजार ४४४ जनाको सकुशल उद्धार गरिएको जनाएको छ ।