समाचारशुक्रबार, २७ आषाढ , २०७६

मान्छे कुटिँदा नजाेगाउने तीनजना वडाध्यक्ष विरुद्ध कर्तव्य ज्यान मुद्दा

कमल रिमाल

आफ्नै सामुन्नेमा कुटपिट हुँदा पनि ज्यान जोगाउन प्रयास नगर्ने मोरङ्गका तीनजना वडाअध्यक्ष विरुद्ध प्रहरीले कर्तव्यज्यान मुद्दा चलाएको छ । 

कुटपिटबाट मृत्यु भएपछि प्रदर्शन गर्दै स्थानीय । तस्वीर : कमल रिमाल । 

विराटनगर महानगरपालिका १४ का बालदेव यादव, १८ का संजय साह र जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदिप यादवविरुद्ध प्रहरीले शुक्रबार कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

३२ जेठमा विराटनगर १४ जतुवाका समानन्द यादवलाई सोही वडाका अध्यक्ष बालदेव यादवको घरमा भएको पञ्चायतको आदेशमा स्थानीयले कुटपिट गरेका थिए ।

कुटपिटका कारण घाइते समानन्दको गएराती कोशी अस्पत्तालमा उपचारको क्रममा मृत्यु भएको मृतकका छोरा मुकेशले बताए ।

आरोपितलाई पक्राउ र मुद्धा चलाउन माग गर्दै मृतकका आफन्तले आज कोशी अञ्चल अस्पताल अगाडी सडकमा शव राखेर प्रदर्शन गरेका थिए ।

घटना बारे अनुसन्धान भई रहेको र वडा अध्यक्षहरु पक्राउ पर्ने प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

प्रतिकृया दिनुहोस