कला/साहित्यशुक्रवार, मंसिर २४, २०७३

‘पालमुनी’ चित्र पुस्तक विमोचन

हिमालखबर

१२ बैशाख २०७२ को भूकम्पपछि पालमा आश्रय लिएर दिइएको स्वास्थ्य सेवा तथा बालबालिकाको शैक्षिक गतिविधिको दृष्यलाई युनिसेफ नेपालले पुस्तकमा उतारेको छ ।

युनिसेफले पालमा बसेर गरिएको अध्ययनका साथै स्वास्थ्य उपचारका दृष्यलाई तस्बिर मार्फत ‘पालमुनी’ पुस्तकमा समेटेको हो । नेपाली र अंग्रेजी भाषामा प्रकाशित पुस्तकको २४ मंसिरमा विमोचन गरिएको छ ।

गर्मी, वर्षात् तथा जाडोमा पनि पालको आश्रय लिएर विद्यालय, अस्पताल समेत सञ्चालन गरिएको गतिविधिलाई एक ठाउँमा समेट्ने काम पुस्तक मार्फत गरिएको युनिसेफ नेपालका प्रतिनिधि टोमो होजुमीले बताए ।

पुस्तकमा बालमैत्री स्थल, अस्थायी कक्षाकोठा, मेडिकल सेवा, प्रशव आश्रय स्थलका दृष्यलाई समावेश गरिएको छ । भूकम्पले अतिप्रभावित जिल्लामा युनिसेफ पाल वितरण गरेको थियो ।

पुस्तकमा समावेश गरिएको तस्वीर भूकम्पका बेला उपयोग गरिएको पाल राखेर भृकुटीमण्डपमा २४ मंसिरबाटै प्रदर्शनी सुरु गरिएको हो । प्रदर्शनी २६ मंसिरसम्म चल्नेछ ।

 

प्रतिकृया दिनुहोस