समाचारशुक्रबार, २७ आषाढ , २०७६

पूर्वप्रधानमन्त्री नेपाल र श्रीलंकाली नेताहरूबीच भेट

हिमालखबर

श्रीलंका भ्रमणमा रहेका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन् ।

उनी श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुगेका हुन् ।

बिहीबार वरिष्ठ नेता नेपालको श्रीलंकाका प्रधानमन्त्री रनिलविक्रम सिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजपाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजाकोलुर लगायतसँग भेटघाट भएको थियो ।

भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।

लामो समय द्वन्द्व भोगेका दुवै मुलुकका नेताहरूले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवहरूका बारेमा चर्चा गरेका थिए ।

भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो । २३ असारमा कोलम्बो गएका वरिष्ठ नेता नेपाल २९ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 

प्रतिकृया दिनुहोस