समाचारशुक्रबार, २७ आषाढ , २०७६

रन–वेमै चिप्लियो यती एयरको विमान, दुई घाइते, विमानस्थल बन्द

हिमालखबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यती एयरको विमान धावनमार्गबाट चिप्लिएको छ । 

यतीको एटीआर ७२ विमान अवतरणको क्रममा शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो। विमान चिप्लिएपछि सबै उडान अवतण बन्द गरिएको छ।

विमान चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । सो विमान नेपालगञ्जबाट आएको हो ।

जहाजका अरु यात्री सकुशल भए पनि दुई यात्रु घाइते भएको बताइएको छ । सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ ।

जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए ।

प्रतिकृया दिनुहोस