अष्ट्रेलियाको लज्जास्पद पराजय, फाइनलमा इङल्याण्ड र न्युजिल्याण्ड
पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियालाई ८ विकेटको लज्जास्पद हार चखाउँदै इङल्याण्ड तेस्रोपटक आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।
अब आइतबार हुने फाइनल इङल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ । यी दुवै देशले अहिलेसम्म विश्वकप जितेका छैनन् । न्युजिल्याण्डले बुधबार भारतलाई हराउँदै लगातार दोस्रोपटक फाइनलमा स्थान पक्का गरेको थियो ।
२२४ को सामान्य स्कोर पछ्याएको इङल्याण्डले बिना दबाब ३२.१ ओभरमै खेल पूरा ग¥यो ।
उसका लागि ओपनरद्वय जासन रोय र जोनी बेयर्सस्टले १२४ रनको साझेदारी गरे । जोय रुट र कप्तान इयान मोर्गनले क्रमशः ४९ र ४५ रन बनाए ।
यसअघि बुधबार भारतकै शैली पछ्याउँदै अष्ट्रेलियाले ६ ओभरमै ३ विकेट गुमाएको थियो ।
स्टिभन स्मिथले ८५ र एलेक्स केरीले ४६ रन जोडेर टिममा स्थीर राख्ने प्रयत्न गरे पनि क्रिस वक्र्स र आदिल रशिदले ३, ३ र जोफ्रा आर्चरले २ विकेट लिएर खेललाई एकतर्फी पारेका थिए ।
शुरुमै दबाबमा परेको अष्ट्रेलियाले खेलमा फर्कन सकेन र २२३ रनमै सिमित हुनपुग्यो ।