थप समाचारबिहिबार, २६ आषाढ , २०७६

अमेरिकी संसदले ग्रिन कार्डमाथि लगाएको सीमा हटायो

हिमालखबर

अमेरिकी सांसदहरूले ग्रिन कार्ड जारी गर्दा लगाइएको ७ प्रतिशतको सीमा हटाउने एक विधेयक बुधबार पारित गरेका छन् ।

तस्वीर : एक्सप्रेस डट कम डट यूके

फेयरनेस अफ हाई स्किल्ड इमिग्रेन्ट्स एक्ट–२०१९ वा एचआर १०४४ नामक यो विधेयक ४३५ सदस्यीय सदनमा ६५ का विरुद्ध ३६५ मतले पारित भएको हो ।

यो विधेयकले अमेरिकामा रहेका नेपालीहरूलाई पनि लाभ पुर्‍याउने छ । ग्रिन कार्डले कुनै व्यक्तिलाई अमेरिकामा स्थायीरूपले रहन र काम गर्न अनुमति दिन्छ ।

यसअघि अमेरिकाले परिवारमा आधारित प्रवासी भिसा सात प्रतिशत रहेकोमा नयाँ विधेयकले यो सीमालाई बढाएर १५ प्रतिशत पुर्‍याएको छ ।

यो विधेयकलाई कानूनको रूप दिन अमेरिकी राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्छ । तर, यसभन्दा पहिले सिनेटको समर्थन आवश्यक हुन्छ । सिनेटमा रिपब्लिकन सांसदको संख्या धेरै रहेको बताइएको छ ।

–एजेन्सी

प्रतिकृया दिनुहोस