समाचारबुधबार, २५ आषाढ , २०७६

गल्ती गरे दण्ड र राम्रो काम गरे पुरस्कार : प्रधानमन्त्री ओली

हिमालखबर

प्रधानमन्त्री केपीशर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका कर्मचारीले अनियमितता र बेथिति गरे कडा कारबाही गर्ने र राम्रो काम गर्नेलाई पुरस्कृत गरिने बताएका छन् ।

तस्वीर : रासस

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही हुने बताएका हुन् ।

विश्वविद्यालयको ६०औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै ओलीले अनियमितता गरे दण्ड र राम्रो गर्ने कर्मचारीलाई सरकारले पुरस्कार दिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक र दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयहरूलाई आग्रह गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयभित्र बेथिति भित्रिएकाले विश्वविद्यालयको छवि नै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई सचेत गराएका थिए ।

प्रतिकृया दिनुहोस