घुस लिने इन्स्पेक्टर विरुद्ध विशेष अदालतमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी निरीक्षक लालबाबुप्रसाद साह विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक साहले लागु औषध मुद्दामा पक्राउ परेका व्यक्तिबाट रु ७० हजार घुस लिएको अख्तियारको आरोप छ ।
अख्तियारले साहले उक्त रकम आफ्नो छोराको ब्याङ्क खातामा रकम जम्मा गर्न लगाएको पुष्टि भएको जानाएकाे छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को अनुसारको कसुर गरेकोले साहलाई घुस वापतको विगो जफत गरी सोही ऐनको दफा ३ (१) (ग) बमोजिम कैद र जरिवानाको माग गरिएकाे छ ।