थप समाचारमंगलबार, २४ आषाढ , २०७६

अमेरिकामा भीषण वर्षा र बाढी, ह्वाइटहाउसमा पनि पानी

हिमालखबर

अमेरिकामा सोमबार आएको भीषण वर्षा र बाढीका कारण जनजीवन प्रभावित बनेको छ । वर्षाको पानी ह्वाइटहाउसमा पनि पसेको बताइएको छ ।

तस्वीर : सी नेट डटकम

ह्वाइटहाउसको पश्चिमी क्षेत्रमा बनेको मिडिया कार्यक्षेत्रमा पानी पसेको बताइएको छ । यसैगरी वासिंगटनका सडकमा ठूलो वर्षाका कारण पानी भरिएर यातायात प्रभावित बनेको छ ।

अचानक आएको बाढीका कारण वासिंगटन डीसी क्षेत्रमा आवतजावत गरिरहेका यात्रु जोखिममा परेकाे बताइएकाे छ।

ठूलो वर्षाका कारण सडकहरू अवरुद्ध बनेका छन् भने भूमिगत रेलमार्गमा पनि डुबानको स्थिति देखा परेको छ। अन्डरपास मार्गमा पनि दुई मीटर पानी भरिएको बताइएकाे छ। –एजेन्सी

 

प्रतिकृया दिनुहोस