समाचारमंगलबार, २४ आषाढ , २०७६

सामूहिक बलात्कारका दाेषीलाई १२ वर्ष कैद

रासस

दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईजनालाई १२\१२ वर्ष कैद फैसला गरेको छ ।

अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२\१२ वर्ष कैद फैसला सुनाएको हो ।

उनीहरुलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२\१२ वर्ष कैद र पीडितलाई दुवैबाट रु ५०\५० हजार क्षतिपूर्ति भराउने फैसला भएको ।

विसं २०७१ असार २३ गते बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए । फरार दुवैलाई विसं २०७५ पुस १८ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

 

प्रतिकृया दिनुहोस