थप समाचारसोमबार, २३ आषाढ , २०७६

विश्वकप विजयी अमेरिकी महिला टोलीलाई आउला त ट्रम्पको निम्तो ?

हिमालखबर

महिला फुटबल विश्वकपको फाइनलमा अमेरिकाले नेदरल्याण्ड्सलाई २–० ले हराएर विश्वकपको ‘ट्रफी’ हात पारेको छ ।

मेगन रापियो । तस्वीर : द स्ट्रेट्स टाइम्स

यो जितसँगै अमेरिकाले महिला फुटबल विश्वकपमा चौथो जित हात पारेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै टीमलाई बधाई दिएका छन् ।

ट्रम्पले ट्वीटमा लेखेका छन्– “अमेरिकी महिला फुटबल टीमलाई विश्वकप जितेकोमा बधाई । खेल धेरै राम्रो थियो । अमेरिकालाई तपाईं सबैमाथि गर्व छ ।”

ट्रम्पले एक घण्टा ढिलो गरी बधाई दिएको भन्दै ट्रम्पको आलोचना पनि भएको छ । यसअघि अमेरिकी महिला फुटबलका सहकप्तान मेगन रापियोसँग ट्रम्प विवादमा परेका थिए ।

मेगन समलैंगिक हुन् । उनले ट्रम्प प्रशासनको गतिविधि, लैगिंक अल्पसंख्यक समुदाय तथा महिलाप्रति उनको नीतिमाथि आपत्ति जनाउँदै भनेकी भनेकी थिइन– यदि उनले विश्वकप जितेपछि ह्वाइट हाउसमा बोलाइयो भने पनि उनी जाने छैनन् ।

ट्रम्पले यसबारे आफ्नो प्रतिक्रिया दिदै भनेका छन्, “टीमले जितोस् वा हारोस् टीमलाई हाम्रो निमन्त्रणा छ । मेगनले देश, ह्वाइटहाउस वा देशको झण्डाको अपमान गर्नुहँदैन । खासगरी उनी र टीमका लगि धेरै राम्रो काम भएको बेला । जुन झण्डालाई तपाईं लगाउनुहुन्छ, त्यसमाथि गर्व गर्नुहोस् । अमेरिकाले राम्रो गरिरहेको छ ।” –एजेन्सी

प्रतिकृया दिनुहोस