खेलकुदसोमबार, २३ आषाढ , २०७६

मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा

एसीसी यू–१९ इस्टर्न रिजन

हिमालखबर

मलेसियालाई ७ विकेटले हराउँदै नेपाल एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै मलेसियाका किनरारा ओभल मैदानमा घरेलु टिमलाई निराश पार्दै नेपालले पुनः आफूलाई उत्कृष्ट सावित गरेको हो ।

नेपालले ४०.५ओभरमा ८७ रनमा मलेसियालाई अलआउट गरेको थियो ।

नेपालका लागि सागर ढकालले ३, कुशल मल्लले २, कमल सिंह ऐरी, राशिद खान र तिलक सिंह भण्डारीले १ विकेट लिएका थिए ।

८८ रनको लक्ष्यलाई नेपालले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ६० रनको साझेदारी गरे ।

नेपालले मंगलबार फाइनलमा हङकङ र सिंगापुरबीचको बिजेतासँग खेल्नेछ ।

 

प्रतिकृया दिनुहोस