कोपा अमेरिका फुटबलमा ब्राजिल विजयी
कोपा अमेरिका फुटबलको उपाधि आयोजक राष्ट्र ब्राजिलले जितेको छ ।
आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो । १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो ।
सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनको गोलको मद्दतले ब्राजिलले उपाधि प्राप्त गरेको हो ।
सोरेसले खेलको १५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । तर, खेलको ४४औं मिनेटमा पेरुका गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरी गरेका थिए ।
खेलको पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ गोलको अग्रता दिलाएका थिए ।
खेलको ९० औं मिनेटमा पेनाल्टीबाट अर्को गोल गर्दै ब्राजिल ३–१ गोलबाट विजयी भएको थियो । गोल रिचार्लिसनले गरेका थिए ।