सरकारलाई सभामुखको रुलिङ : सर्लाही घटना र विषादीयुक्त तरकारीबारे जवाफ देउ
सभामुख कृष्णबहादुर महराले सर्लाही घटना र विषादीयुक्त तरकारीलाई रोक्ने निर्णय फिर्ता लिइएको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिपक्षी दलका सांसदहरुले ती विषयमा सरकारको जवाफ मागेपछि सभामुख महराले प्रतिनिधिसभाको आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ् गरेका हुन् ।
आजको बैठक शुरु हुने बित्तिकै काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका बालकृष्ण खाँण र राजपाका सांसद प्रमोद साहले सर्लाही घटना र विषादीयुक्त तरकारी आयात खुला गरिएको विषयमा सम्बन्धित मन्त्रीले जवाफ नदिए आगामी बैठक रोक्न बाध्य हुनुपर्ने बताएका थिए ।
दुवै सांसदले माग अनुसार सभामुख महराले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेपछि मात्र प्रतिनिधिसभाको आजको बैठक सञ्चालन भएको थियो।