समाचारआइतबार, २२ आषाढ , २०७६

विद्युत् सर्ट हुँदा एकको मृत्यु, एक घाइते

रासस

झापाको कमल गाउँपालिकामा विद्युत् सर्ट हुँदा शनिबार राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् ।

विद्युत् सर्ट हुँदा मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका छन् । दुवै नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक रहेको बताइएको छ ।

गए राति साँझ ८ बजेतिर कमल गाउँपालिका–५ स्थित कावेली करिडोर पावरहाउसको सवस्टेशन अगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक विद्युत् सर्ट हुँदा दुवै घाइते भएका थिए ।

खतिवडाको भने दमकस्थित लाइफलाइन अस्पतालमा ल्याउना साथ मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताएका छन् ।

घाइते बुढालाई थप उपचारका लागि भारतको सिलगुढी लगिएको छ । घटनाको विस्तृत विवरण खुल्न सकेको छैन भने प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस