नेपालद्वारा सिङ्गापुरलाई ३२७ रनको लक्ष्य
मलेसियामा जारी एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई जितका लागि ३२७ रनको विशाल लक्ष्य दिएको छ ।
जवाफी ब्याटिङमा उत्रेको सिङ्गापुरले २० ओभरमा ६ विकेट गुमाउँदैं ५१ रनमात्र बनाएको छ ।
क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर पूरै ब्याटिङ गर्दै नेपालले चार विकेटको क्षतिमा ३२६ रन बनायो ।
नेपालका लागि रित गौतमले ११५ रनको योगदान दिए । १३७ बल खेलेका उनले एक छक्का र १० चौका प्रहार गर्दै अविजित रहे ।
खड्क बोहोराले ९० रनको योगदान दिँदा कुशल मल्लले अविजित ५१ तथा पवन सर्राफले ४५ रन जोडे ।
बलिङतर्फ सिङ्गापुरका प्रणव सुदर्शन राजेश कृष्णन् र भिनित चितेस मेहताले समान दुई /दुई विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।