कला/साहित्यबिहिबार, १९ आषाढ , २०७६

क्यानाडामा भूटानीलाई नेपाली भाषाको चिन्ता

हिमालखबर

क्यानाडाको हेमिल्टन सिटीमा नेपालीभाषी भूटानीहरुले साहित्यिक कार्यक्रम आयोजना गरेका छन् ।

नेपालीभाषी भूटानी साहित्यिक समाज क्यानाडाले आयोजना गरेको उक्त कार्यक्रममा अमेरिका र क्यानाडामा पुनर्वास भूटानी साहित्यकार सहभागी थिए ।
यस अवसरमा डिपी वस्तीको कविता संग्रह अविरल यात्रा पनि लोकार्पण गरिएको थियो । ४२ वटा कविता समावेश उक्त संग्रहमा राष्ट्रियता चेत र बद्लिएको सामाजिक जीवनका आयाम केलाउन प्रयत्न गरिएको हेमिल्टन सिटीबाटै कवि वस्तीले बताए ।

भूटानी साहित्य परिषद् अमेरिकाका अध्यक्ष गंगाराम लामिटारेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा परिषद्का सचिव ख्याम रिजाल, मातृभाषा संरक्षण समूहका धमिन्द्र तिम्सिना ‘क्षितिज’, समाजसेवी इन्द्र तिम्सिना, ओम पोख्रेल लगायत २४ जनाले कविता, गजल वाचनका साथै मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले नेपालीभाषी भूटानीहरुले छोराछोरीलाई कम्तिमा घरमा नेपाली भाषामा बोलचाल गराउनु पर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस