थप समाचारसोमबार, १६ आषाढ , २०७६

मनसुन मन (तस्वीर र भिडियो)

हिमालखबर

मौसमविद्हरूको भविष्यवाणी समेत गलत सावित गर्दै यसवर्षको मनसुन दुई साता ढिलो शुरु भयो । तर, अहिले पनि यो कमजोर छ ।

चाहिए जति पानी नपर्ने छाँट देखिएको छ ।

यसबाट धान रोपाई पनि पछि सरेको छ, किनकि हाम्रो दुई तिहाइ रोपाईं वर्षाको पानीमा निर्भर छ । यसवाहेक सिंचाईप्राप्त खेतमा भने रोपाई शुरु भएको छ ।

सरकारी तथ्यांकका अनुसार, अहिलेसम्म १५ प्रतिशत खेतमा मात्र रोपाई शुरु भएको छ । बाँकी किसान भने अहिले पनि वर्षा पर्खिरहेका छन् ।

नेपाली टाइम्सहिमाल खबरपत्रिका साप्ताहिकका फोटोपत्रकारहरु मोनिका देउपाला, मीनरत्न बज्राचार्य र बिक्रम राई काठमाडौं उपत्यका र छिमेकी जिल्लाहरू पुगेर रोपाई र तिनसँग सम्बन्धित केही तस्वीर र भिडियो खिचेका छन् ।

यी सामग्रीले हामीलाई मनसुन, कृषिकर्म र यससँग जोडिएको संस्कार बारेको झल्को दिन्छ ।

गोर्खाको बारपाकमा मनसुन शुरु हुने आशामा खेतका गरामा पावर टेलर लगाउँदै किसान । तस्वीरः मीनरत्न बज्राचार्य

नुवाकोटका खेतमा मोनिका देउपाला ।

बुढानिलकण्ठमा मीनरत्न बज्राचार्य

भक्तपुरमा मोनिका देउपाला

ललितपुरको थेचेमा बिक्रम राई

 

प्रतिकृया दिनुहोस