खेलकुदबिहिवार, मंसिर २३, २०७३

क्रिकेटर सन्दीप एपिएफमा

हिमालखबर

राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर तथा १९ वर्षमुनि (यु–१९) उमेर समूहका कप्तान सन्दीप लामिछाने सशस्त्र प्रहरी बल (एपिएफ) क्लबमा आबद्ध भएका छन् । 

१६ वर्षीय लामिछानेलाई क्लबमा एक वर्षका लागि करारमा नियुक्त गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छत्कुलीले बताए । क्रिकेटर लामिछाने यही मङ्सिर २८ गतेदेखि श्रीलङ्कामा आयोजना हुने यु–१९ यसिया कपको तयारीमा समेत छन् । 

अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीमा करिब दुई महिना क्रिकेट खेलेर केही समय अघि मात्र लामिछाने नेपाल फर्किएका हुन् ।

छत्कुलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि टोली निर्माण भइरहेको जानकारी दिए ।
रासस 

प्रतिकृया दिनुहोस