दोस्रो ब्रिटिस कप इन्टरकलेज फूटसल प्रतियोगिता सम्पन्न
द ब्रिटिस कलेज काठमाडौंले आयोजना गरेको दोस्रो ब्रिटिस कप फूटसल प्रतियोगिता सम्पन्न भएको छ ।
ढुकु फूटसल हबमा दुई दिनसम्म चलेको प्रतियोगिताको उपाधि एपेक्स कलेजले जितेको छ ।
२९ वटा टोली सहभागी प्रतियोगिताको फाइनलमा एपेक्स कलेज र एनसीएमटी कलेज पुगेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि एपेक्स कलेजका देवन्स शर्माले जिते भने सर्वोत्कृष्ट गोलरक्षकको उपाधि एनसीएमटी कलेजका आकाश थापाले पाएका छन् ।
विजेता टोलीले ५० हजार र दोस्रो हुनेले ३० हजार नगद प्राप्त गरेका छन् ।