गृहमन्त्री निधि र फ्रान्सेली राजदूतबीच भेट
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि फ्रान्सका राजदूत एभेस कारमोनाबीच आज भेटवार्ता भएको छ ।
गृहमन्त्री निधि र राजदूत कारमोनाबीच गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका बिषयमा कुराकानी भएको थियो ।
भेटमा राजदूत कारमोनाले नेपाल शान्ति प्रकृया र नयाँ संबिधानका बारेमा चासो राखेका थिए ।
उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार सो भेटमा गृहमन्त्री निधिले संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण
बनेको भन्दै नेपालमा लगानी गर्न फ्रान्सेली कम्पनी आउने वातावरण बनाउन राजदूतलाई आग्रह गरे ।
राजदूत कारमोनाले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका थिए ।