रिलायन्स लाइफले सम्पर्क केन्द्रमार्फत् २४सै घण्टा सेवा दिने
रिलायन्स लाइफ इन्स्योरेन्सले २४सै घण्टा सेवा प्रवाह गर्न सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको छ ।
सम्पर्क केन्द्रको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र रिलायन्स लाइफका अध्यक्ष तारा चन्दं केडियाले संयुक्त रुपमा गरेका हुन् ।
सम्पर्क केन्द्रबाट रिलायन्सका ग्राहकका साथै आमनागरिकले जीवन बीमाको बारेमा जानकारी लिन सक्नेछन् ।
टेलिफोनका साथै कम्पनीको फेसबूक, ट्वीटर, एप तथा वेवबाट पनि ग्राहकले जीवन बीमाको बारेमा आवश्यक परेको जानकारी लिन सक्नेछन् ।
यसबाट जीवन बीमाको बारेमा जनचेतना फैलिने र बीमाको पहुँच सहज रुपमा नागरिकसम्म पुग्ने कम्पनीले विश्वास लिएको छ ।