रातिदेखि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
रातिदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग बिहीबार बिहान साढे नौ बजेदेखि खुलेको छ ।
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेपछि सडक अवरुद्ध भएको थियो ।
सडकभन्दा माथिकाे बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो ।
सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग बिहान २ बजेदेखि अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि यसलाई हटाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमार्गमा डोजर लगाएका थिए ।
सडक अवरुद्ध भएपछि १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएका थिए ।