एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (बिहीबार) सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएको जनाएको छ ।
आज (बिहीबार) बोर्डको बैठक बसेर लगत्तै परीक्षा फल प्रकाशन गर्ने तयारी भएको बताइएको छ ।
यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिएका कारण पुनः परीक्षा सञ्चालन गर्नु परेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको बताइएको छ ।
एसईई परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ तथा आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएको बताइएको छ।
यस वर्षदेखि पहिलो पटक संघीय संरचनाको स्वरूपअनुसार एसइई परीक्षा सञ्चालन गरिएको छ ।