आईएमई र अक्सिजनबीच रेमिट्यान्स सम्झौता
आईएमई र अक्सिजन सर्भिस इण्डिया प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ ।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र अक्सिजन इण्डिया प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रमोद सक्सेनाले सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता इण्डो–नेपाल रेमिटेन्सलाई अझै बढी संस्थागत र औपचारिक बनाउने विश्वास लिइएको दुबै कम्पनीले जनाएका छन् ।
आईएमई ग्रुपका प्रवन्ध निर्देशक ढकालले भारतमा रहेका लाखौँ नेपालीको कमाईलाई छिटो, छरितो र विश्वसनीय ढंगले नेपाल भित्र्याउन सहज हुने बताए । त्यस्तै अक्सिजन इण्डिया प्रा.लिका अध्यक्ष एवं प्रवन्ध निर्देशक सक्सेनाले अक्सिजन इण्डियाको इतिहासमा आईएमईसँगको व्यवसायीक साझेदारी कोशेढुङ्गा भएको बताए ।