समाचारबुधबार, ११ आषाढ , २०७६

स्थानीय तहको बजेट तीन दिनभित्र पठाउन निर्देशन

हिमालखबर

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई तीनदिनभित्र बजेटको विवरण पठाउन निर्देशन दिएको छ । 

गाउँसभा/नगरसभामा पेश गरेको बजेटको आय–व्ययसहितको विवरण पठाउन निर्देशन दिइएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा १ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असार महीनाको १० गतेभित्र आगामी आवको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगर सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार प्रायः सबै स्थानीय तहले मङ्गलबार बजेट प्रस्तुत गरेका थिए ।

देशमा छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् ।

प्रतिकृया दिनुहोस