चट्याङले लागेर तीन बालकको मृत्यु
दाङमा चट्याङले लागेर तीन बालकको मृत्यु भएको छ ।
मंगलबार साँझ करीब साढे ६ः०० बजेतिर परेको चट्याङले लागेर राप्ती गाउँपालिका–३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनाश चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार राप्ती–४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनको रुखमा चढेका बेला सोही रुखमा परेको चट्याङले तीनैजना बालकको घटनास्थलमै मृत्यु भएको हो ।
साथै सोही रुखमा चढेका विनाशका भाइ आठ वर्षीय अविनाश चौाधरी भने गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।