स्टाण्डर्ड चाटर्ड नेपाललाई उत्कृष्ट रोजगारदाता अवार्ड
स्टाण्डर्ड चाटर्ड ब्याङ्क, नेपालले ‘उत्कृष्ट रोजगारदाता ब्राण्ड एसिया २०१६’ अवार्ड जितेको छ । सिंगापुरमा आयोजना गरिएको कार्यक्रममा ब्याङ्ककी एचआर प्रमुख बीना राणाले अवार्ड ग्रहण गरेको ब्याङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उत्कृष्ट रोजगारदाता ब्राण्ड सम्बन्धी रिसर्च स्वतन्त्र एसियाली व्यवसायीहरुको टोलीले गरेको थियो । उक्त टोलीमा ७ वर्ष रिसर्च अनुभव भएका इतिहास र व्यवस्थापन विषयका पोष्ट ग्राजुएटहरु सामेल थिए । विजेताको छनोट इम्प्लोयर नियुक्ति, तालिम, संरक्षण लगायतका विषयमा कम्पनीले खेलेको सिर्जनात्मक भूमिका लगायतका आधारमा उत्कृष्ट कम्पनी छनौट गरिएको थियो ।
इम्प्लोयर ब्रान्डिङ इन्स्टिच्युट र अन्य कुटनीतिक साझेदारद्वारा आयोजित कार्यक्रमलाई एसियन कन्फेडेरसन अफ विजीनेसले प्रायोजन गरेको थियो ।
यसैबीच यसबर्ष ब्याङ्कले ग्लोवल फाइनान्सको सर्वश्रेष्ठ डिजिटल ब्याङ्क पुरस्कार २०१६ र उत्कृष्ट वर्ष २०१६ को युरोमनी पुरस्कार जितेको थियो ।