४० लाख नगदसहित ८ जना हुण्डी कारोबारी पक्राउ
सुन पसलमा हुण्डी कारोबार गर्ने ४० लाख नगदसहित ८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. ९ माईस्थानमा रहेको के.पी. स्वर्णकार केन्द्र ज्वेलर्समा छापा मार्दा हुन्डी कारोबार गर्न लागेकाे ४० लाख रुपैयाँ बरामद गरेको हाे।
के.पी. स्वर्णकार सञ्चालक कन्हैयाप्रसाद सोनारको पसलबाट उक्त हुन्डी रकम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
हुण्डी कारोबारमा संलग्न रहेका ८ जनामध्ये घनश्याम सर्राफको नाम मात्र सार्वजनिक गरिएको छ । हुण्डी कारोबारमा संलग्न रहेका बाँकी ७ जनाको नाम भने प्रहरीले सार्वजनिक गरेकाे छैन।