समाचारमंगलबार, १० आषाढ , २०७६

कार दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु, दुई घाइते

रासस

सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा १३ च ३७९३ नम्बरको कार दुर्घटना हुँदा काठमाडौं–३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । 

दुर्घटनामा चालक ५८ वर्षीय दीपक लामिछाने र मृतक अच्युतकी छोरी २६ वर्षीया आस्था लामिछाने घाइते भएका छन् । मृतक हेमा चालक दीपककी श्रीमती र अच्युत दाजु रहेकाे प्रहरीले जनाएकाे छ । 

खोटाङ्गको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको कार गएराती विपी राजमार्गबाट २०० मिटर तल सुनकोशी नदी किनारमा खसेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस