विप्लव समूहका नेता नरबहादुर कार्की पक्राउ
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागमा आबद्ध ‘मोटिभेसनल स्पीकर’ नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीलाई सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिइरहेका बेला बालुवाटारस्थित एक रेष्टुरेण्टबाट आज बेलुका सवा पाँच बजे प्रहरीले पक्राउ गरेको बताइएको छ ।
‘मोटिभेसनल स्पीकर’का रुपमा परिचित कार्की गत ८ मंसिरमा विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका थिए । त्यसअघि उनी पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा थिए।
उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको बताइएको छ ।