अफगानिस्तानविरुद्ध भारतको कठिन जीत
विश्वकप क्रिकेटको शनिबारको खेलमा भारतले कमजोर अफगानिस्तान विरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ ।
अन्तिम ओभरमा मोहम्मद सामीले ह्याट्कि विकेट लिएपछि एक बल बाँकी छदैं भारतले ११ रनको जीत निकालेको थियो ।
जितसँगै भारतले आफ्नो अपराजित यात्रा कायम राखेको छ । हारसँगै भारतविरुद्ध ऐतिहासिक जीत हासिल गर्ने अफगानिस्तानको सपना तुहिएको छ ।
अफगानिस्तानलाई अन्तिम दुई बलमा १२ रन चाहिएको थियो । सामीले खेलमा चार विकेट लिए भने जसप्रित बुमराह, युजभेन्द्र चाहल र हार्दिक पाण्डेयले दुई दुई विकेट लिए ।
अफगानिस्तानका लागि मोहम्मद नाबीले ५२ रनमा अन्तिम ओभरको तेस्रो बलमा आउट भएपछि टिम हारको संघारमा पुगेको थियो ।
२१ जुनमा जारी आइसीसी तालिकामा भारत एक दिवसीय क्रिकेटमा विश्वको दोस्रो स्थानमा छ भने अफगानिस्तान १०औं ।
अफगानिस्तानका लागि शुरुआत् सुखद रहेन । ओपनर हज्रातुल्लाह जाजाई टिमको २० रन छदैं आउट भएपछि कप्तान गुलबदिन नइब र रहमत शाहले टिमलाई ६४ रनसम्म साथ दिएका थिए ।
२८ औं ओभरको चौथो र पाँचौ बलमा जसप्रित बुमराहले क्रमशः रहमत र हसमतुल्लाह शाहिदीको लिएपछि भारतले खेलमा फर्कने लय देखाएको थियो।
यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदैं २२४ रनमात्र बनाएको थियो ।
जारी विश्वकपमा भारतको यो सबैभन्दा कम रन स्कोर हो । खासगरी अफगानिस्तानका स्पीनरसामु भारतीय खेलाडी निरीह झैं देखिए ।
भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रन जोडे । केदार जादभले ५२ रन बनाए ।
ओपनर रोहित शर्मा १० बलमा १ रनमै मुजीब उर रहमानको बलमा बोल्ड भएपछि अर्का ओपनर केएल राहुल ३० रनमा मोहम्मद नाबीको बलमा क्याच आउट भएका भएका थिए ।
शिखर धवनको स्थानमा टिममा स्थान बनाएका विजय शंकरले २९ र महेन्द्रसिंह धोनीले २८ रनमा सिमित भए ।
अफगानिस्तानका लागि गुलबदिन नइब र नाबीले दुई, दुई विकेट विकेट लिएका थिए । बाँकी चार बलरले समान एक, एक विकेट लिए । कुनै पनि बलर विकेटविहीन भएनन् ।