विश्वकै गर्मी ‘डेथ भ्याली’ क्यालिफोर्निया, कुवेत र पाकिस्तान
वर्षौंको जाँचपछि विश्व मौसम विज्ञान संगठन (वर्ल्ड मेटियोरोलोजिकल अर्गनाइजेसन) ले पृथ्वीकाे सबभन्दा बढी तापमान भएकाे ठाउँको घोषणा गरेको छ ।
विश्व मौसम विज्ञान संगठन डब्लूएमओको सूचीमा क्यालिफोर्नियाको डेथ भ्यालीको फर्नेस क्रिकमा ३० जून २०१३ मा रेकर्ड गरिएको ५४.० डिग्री सेल्सियस तापमान सर्वाधिक वैश्विक तापमान हो ।
क्यालिफोर्नियाकै यही ठाउँमा २०१३ मै तापमान बढेर ५६.७ डिग्री सेल्सियस सम्म पुगेको बताइन्छ । यसको वैधताबारे प्रश्न उठेको छ। यसलाई डब्लूएमओले मान्यता दिएको छैन ।
विश्व मौसम विज्ञान संगठनले बताएका पछिल्ला अत्यधिक तापमान भएका देश मध्यपूर्वको कुवेत र दोस्रो दक्षिण एशियाको पाकिस्तान हुन् ।
कुबेतको मित्रीबाहमा २१ जुलाई २०१६ को तापमान ५३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । पाकिस्तानको तुर्बतमा २८ मे २०१७ को तापमान ५३.७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।
विश्व मौसम विज्ञान संगठनले कुबेतको मित्रीबाहमा रेकर्ड गरिएको तापमान डब्लूएमओद्वारा एशिया महाद्विपीय क्षेत्रका लागि रेकर्ड गरिएको सर्वाधिक तापमानको रूपमा स्वीकार गरिएको बताएको छ ।
यी दुवै स्थान विश्व मौसम विज्ञान संगठन डब्लूएमओले मान्यता दिएको चरम सीमामा रहेको तापमानको तेस्रो र चौथो तापमान बताइएको छ । यो तापमानलाई विगत ७६ वर्षमा भएको अत्यधिक तापमान मानिएको छ ।
–एजेन्सी