समता अस्पतालमा महिला मृत्यु प्रकरण : तीन जना हिरासतमा
कर्मचारी झुण्डिएकाे अवस्थामा फेला परेकाे घटना अनुसन्धानका क्रममा प्रहरीले समता अस्पतालका तीनजनालाई नियन्त्रणमा लिएकाे छ ।
घटनाबारे साेधपुछका लागि अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई नियन्त्रणमा लिएकाे हाे ।
मृतक अस्पतालकी सरसफाइ कर्मचारी २७ वर्षीया विमला तामाङकाे गाेजीमा फेला परेका नामकाे बारेमा अनुसन्धान गर्न भन्दै आफन्तले आन्दाेलन गरेका थिए ।
उनकाे गाेजीमा कागजकाे चिर्कटाेमा श्रेष्ठ र केसीकाे नाम फेला परेकाे थियाे भने 'म्याम' भन्ने शब्द लेखिएकाे थियाे ।
पक्राउ परेकाहरुलाई बुधबार नै जिल्ला प्रशासन कार्यालयबाट पाँच दिन म्याद थप गरी हिरासतमा राखिएकाे छ ।
३ जेठकाे बिहान रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया तामाङको झुण्डिएको अवस्थामा शव फेला परेकाे थियाे ।
महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले अभद्र व्यवहारको अभियोगमा उनीहरुकाे अनुसन्धान भइरहेकाे बताए ।
तामाङको शव अस्पतालको शौचालय नजिकै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।