एनआईसीद्वारा फण्ड ट्रान्सफर सुविधा संचालन
एनआईसी एसिया बैंकले अन्तर बैंक फण्ड ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल क्लियरीङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा इन्टरनेट बैंकिङ्ग मार्फत यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।
२० मंसिरदेखि संचालनमा आएको यो सेवा अन्तर्गत ६० भन्दा बढी बैंक तथा बित्तिय संस्थाहरुमा रहेका खाताहरुमा फण्ड ट्रान्सफर गर्न सकिने एनआईसी एसिया बैंकले जनाएको छ । “बैंक पनि, साथी पनि’’ मुलमन्त्र अन्तर्गत ल्याइएको यो सेवाबाट ग्राहकहरुले आफ्नो घर दैलोबाटै सहज बैंकि¨ सेवा सुविधा उपयोग गर्न सक्नेछन् ।