आईएमई पे र मुक्तिनाथ विकास ब्याङ्कबीच सम्झौता
आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई पे र मुक्तिनाथ विकास ब्याङ्क लिमिटेडबीच ब्याङ्किङ साझेदार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र ब्याङ्कका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तीलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मुक्तिनाथ विकास ब्याङ्कमा खाता भएका सेवाग्राहीले खाताको पैसा आईएमई डिजिटलमा रकमान्तर गर्न र आईएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।