गुठी विधेयकविरुद्ध माइतीघरमा विशाल जनप्रदर्शन
गुठी सम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भइरहेको छ ।
चौतर्फी विरोध भएपछि ३ असारमा सरकारले गुठी सम्बन्धी विधेयक फिर्ता लिइसकेको छ ।
विधेयक फिर्ता लिंदै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरोकारवालासँग छलफल गरेर विधेयकलाई अगाडि बढाउने बताएकी थिइन् ।
तर, गुठी विधेयकको विरोधमा रहेकाहरुले पूर्व निर्धारित आजको कार्यक्रम स्थगित गरेनन् । उनीहरुले विधेयक फिर्ता नभएर खारेज हुनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।