सरकारले गुठी विधेयक फिर्ता लियो
सरकारले विवादित गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिएको जानकारी गराएकी छन् ।
प्रेस वक्तव्यमा भनिएकाे छ– “विधेयकबारे सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरण बिथोल्ने कोशिस भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएकाले राष्ट्रियसभामा पेश भएको उक्त विधेयक फिर्ता लिने निर्णय गर्दछु ।”