प्रमले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकलगायत बारे भनाइ सार्वजनिक गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण भनाइ सार्वजनिक गर्न नपाएपछि पत्रकार सम्मेलन मार्फत गुठी विधेयक लगायत बारे जानकारी गराउने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबारकाे प्रतिनिधिसभाको बैठक स्थगित भएपछि ट्वीट गर्दै भनेका छन्, “समसामयिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइनँ । यस घटनाबाट म दुःखी भएको छु ।”
प्रतिनिसभाको मंगलबारको बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनका लागि समय दिएपछि प्रतिपक्षी कांग्रेसका सांसदले रोष्ट्रम घेराउ गरेपछि बैठक स्थगित भएको थियो ।
प्रधानमन्त्री ओलीले उक्त विषयमा मंगलबार साँझ ५ बजे पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ सार्वजनिक गर्ने जनाइएकाे छ ।