चीनमा भूकम्पबाट ११ जनाको मृत्यु, १२२ घाइते
चीनमा सोमबार राति र मंगलबार बिहान आएको भूकम्पबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने १२२ जना घाइते भएका छन् ।
सोमबार राति स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा सिचुआन प्रान्तकाे इबिन शहरको चांगिंग क्षेत्रमा पहिलाे भूकम्प गएको थियाे ।
जसकाे तीव्रता ६ रेक्टर स्केल क्षमता मापन गरिएको थियो । मंगलबार बिहान आएकाे भूकम्प ५.३ क्षमता मापन गरिएको थियो ।
भूकम्प गएको आधा घन्टापछि पनि भूकम्पका झट्काहरु महसुस गरिएका छन् ।
–एजेन्सी