बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु
बझाङकाे डौठी भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
बझाङकाे सदरमुकाम चैनपुर नजिकै रहेको डुंग्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालयका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । जीप भीरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रजिअ सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली गएको छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा भीरमा बाटो खनिरहेका छन् ।