पाकिस्तानमा ४५ जना सवार विमान दुर्घटना
पाकिस्तानमा ४५ जना सवार पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।
पाकिस्तानको चितरालबाट राजधानी इस्लामावादका लागि उडेको विमानमा ३१ पुरुष, ९ महिला, २ बालबालिका र ५जना चालक दलका सदस्य रहेको पाकिस्तानी पत्रिका 'डन' को अनलाइन संस्करणले जनाएको छ ।
समचार संस्था रोयटर्सले पाकिस्तानका सरकारी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा कोही जिवितै भेटिने आशा नरहेको बताएको छ ।
उक्त विमान खैबर पख्तुनख्वाह राज्यको हवेलियाँ क्षेत्रको पहाडमा ठोक्किएको र आगो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।