गुठी विधेयकबारे प्रधानमन्त्रीसँग उपत्यकाका सांसदहरूको छलफल
प्रधानमन्त्री केपी शर्मा ओली र उपत्यकाका सांसदबीच गुठी विधेयकबारे छलफल भइरहेकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओली र उपत्यकाका सांसदबीच गुठी विधेयकबारे छलफल भइरहेकाे छ।
यसअघि सोमबार दिउँसो एक बजेदेखि सिंहदरबारस्थित कृषि समितिको हलमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग सांसदहरुले छलफल गरेका थिए ।
छलफलका क्रममा सांसदरूहरूले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेका कारण विधेयक तत्काल फिर्ता लिन वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए ।
विधेयक स्थगन वा संशोधन नगरी हाललाई फिर्ता लिन र सरोकारवालासँग व्यापक छलफल गरेपछि मात्र अघि बढाउन नेता नेपालसँग सांसदहरूले जोड दिएका थिए।
यस्तै, साताव्यापी भ्रमण सकेर स्वदेश फर्के लगत्तै प्रधानमन्त्री ओलीले गुठी विधेयकबारे छलफल तीव्र बनाएका छन् ।
त्यसै क्रममा ओलीले काठमाडौं उपत्यकाका सांसदहरूलाई दिउँसो तीन बजे छलफलका लागि बोलाएका हुन् ।
नेकपाका वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीले बैठक बोलाउनुअघि सांसदहरूसँग छुट्टै छलफल गरेका थिए ।
अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपत्यकाका नेकपाका निर्वाचित सांसदहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरिरहेका छन् ।