समाचारसोमबार, २ आषाढ , २०७६

बस दुर्घटना हुँदा एकको मृत्यु, २० घाइते

रासस

चितवनको नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको यात्रुवाहक बस हेटौँडा–वीरगञ्ज सडकखण्डको चुरेमा सोमबार बिहान भएको

दुर्घटनामा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ ।

महिलाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । उनकाे अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो दुर्घटनामा परी घाइते भएका २० यात्रु घाइते भएका छन् । उनीहरुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस